‘गोविन्दे’ हात्तीको आक्रमणमा इजरायली नागरिकको मृत्यु

चितवन । रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती ‘गोविन्दे’ को आक्रमणबाट इजरायली नागरिकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनलाई ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको थियो ।
चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको ज्यान गएको छ ।
बाघको आक्रमणबाट एकजना, हात्तीको आक्रमणबाट दुईजना र गैँडाको आक्रमणबाट तीन जनाको ज्यान गएको निकुञ्जले जनाएको छ।
प्रतिक्रिया