विनायक र राइजिङ विजयी

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा भइरहेको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा विनायक स्कूल र राइजिङ नेपाल स्कूल विजयी भएका छन् ।

पहिलो खेलमा विनायकले वाल्मिकी स्कूललाई ११ रनले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २२ ओभरमा ४ विकेट गुमाई १ सय ३३ रन बनायो । म्यान अफ द म्याच नितेशकुमार पासवानले ५६ रन बनाउँदा कृष साहले २२ रन बनाए । वाल्मीकिका प्रकाश शर्माले २ विकेट लिए ।

१ सय ३४ रनको लक्ष्य पाएको वाल्मीकिले १४ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय २२ रन बनायो । साहिल खानले ३० रनको योगदान दिए । विनायकका प्रवेश पासवान र शिभम पासवानले ३–३ विकेट लिए ।

शुक्रबारै भएको दोस्रो खेलमा राइजिङ नेपालले मनकामना स्कूललाई ५ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेका मनकामनाले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय २३ रनको बनायो । अमन अन्सारीले ३६ रन बनाउँदा लक्ष्मण तत्माले २६ रन जोडे । राइजिङका राहुल राय, महमद समर र महमद साहिलले २–२ विकेट लिए ।

१ सय २३ रनको लक्ष्य पछ्याएको राइजिङले १६ दशमलव ४ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच महमद साहिलले नटआउट ४७ रन बनाए । मनकामनाका पियूस गुप्ता र लक्ष्मण तत्माले समान २–२ विकेट लिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजी तथा सामुदायिक स्कूल सहभागी रहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिशेक श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *