काठमाडौंमा प्रतिघन्टा ५० किमिभन्दा बढी गतिमा गाडी कुदाउन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थालाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयले सूचना निकालेर काठमाडौंमा सवारीको गतिको सीमितताबारे जानकारी गराएको हो ।

प्रहरीले सार्वजनिक गरेको सूचनामा कलङ्की–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ ।

यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *