अन्तर स्कुल हब लिग क्रिकेट प्रतियोगिता सुरु

विराटनगर । विराटनगरमा बिहिवार अन्तर स्कुल हब लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा विराटनगर–६ केशलिया पुल नजिक रहेको एमविजे क्रिकेट मैदानमा बिहिवारदेखि प्रतियोगिता सुरु भएको हो ।

बिहिवार भएको खेलमा सत्यनारायण मावि र सरस्वती मावि. विजयी भएका छन् ।

पहिलो खेलमा सत्यनारायणले बुढानिलकण्ठ स्कूललाई ७ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको बुढानिलकण्ठले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सबै विकेट गुमाई ५९ रनमा सिमित भयो । जसमा अमित साहले सर्वाधिक १० रनको योगदान दिए । सत्यनारायणका म्यान अफ द म्याच आकाश यादव र विकाश कामतले ३–३ विकेट लिए ।

६० रनको सामान्य लक्ष्य पाएको सत्यनाराणले ९ दशमलव ३ बलमा ३ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । जस्मा महमद हरुनले १६ लरनको योगदान दिए । बुढानीलकण्ठका कादिल यादवले २ विकेट लिए ।

बिहिबारै भएको दोस्रो खेलमा सरस्वति माविले पोखरिया माविलाई ७५ रनले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेका सरस्वतीले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५१ रनको विशाल योगफल खडा गरेको थियो ।

राकेश खडकाले ३७ रन बनाउँदा साहिद शेखले ३२ रन र रामनारायणले ३१ रन बनाए । पोखरियाका दिपराज चौधरी र सफर पोखरेलले १–१ विकेट लिए ।

१ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पोखरियाले १६ ओभरमा सवै विकेट गुमाई ७६ रन मात्र बनायो । जसमा राहुल महतोले २९ रन बनाए ।

सरस्वतीका रोहन मण्डलले ४ विकेट लिँदा राकेश खडकाले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच सरस्वतीमा अलराउण्डर खेलाडी राकेश खड्का घोषित भए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजी तथा सामुदायिक स्कूल सहभागी रहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिशेक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विराटनगरको बाल्मीकि, बुढानीकलण्ठ, बिनायक, सरस्वती, सत्यनारायण, पोखरिया, मनकामना र राइजिङ नेपाल सहभागी छन् । प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफी र प्रमाणपत्र पाउँनेछन् । बेस्ट ब्याटर, बेस्ट बलर, म्यान अफ द टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट फिल्डरले हुने खेलाडीले विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमीको तर्फबाट छात्रवृत्ति पाउनेछन् ।

नेपाल क्रिकेट फाउन्डेसनले यो प्रतियोगिता सकिएलगतै मार्च ३ तारिखबाट महिला क्रिकेट प्रतियोगिता विराटनगरमा गर्दैछ ।

सामुदायिक विद्यालयको मात्र महिला खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउने फाउण्डेसनको अध्यक्ष श्रेष्ठले बताए ।

क्रिकेट खेलको ग्रास रुटबाट विकास गर्ने उद्देश्यले स्कुल तहबाट यस्तो प्रतियोगितामा जोड दिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *