दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढ्ने

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै बोर्डले मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवका अनुसार मन्त्रिपरिषद्‌ले स्वीकृति दिएपछि मूल्य वृद्धि कार्यान्वयन हुनेछ ।

यसअघि ०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो ।

मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रुपमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो । विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरेको थियो ।

सरकारले २०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएको थियो ।

कच्चा दूधको मूल्य बढाएलगत्तै दुग्ध विकास संस्थानले फ्याटको आधारमा स्टान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, चिया–दूधमा १० रुपैयाँ, गाईको दूधमा १२ र फुलक्रिम दूधमा १४ रुपैयाँसम्म बढाएको थियो । त्यस बेला निजी डेरीहरुले पनि मूल्य बढाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *