‘आर्थिक अवस्था सुधार नभए उद्योग-व्यापार क्षेत्रमा अझ निरासा बढ्छ’

काठमाडौँ । सांसद धवल शमशेर राणाले नेपालको आर्थिक अवस्था कहालीलाग्दो अवस्थामा रहेको भन्दै सुधार गर्न नसके नेपालमा धेरै व्यापारी, उद्यमी र सर्वसाधारणले आत्महत्याको बाटो रोज्न सक्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधवारबोल्दै सांसद राणाले वित्तीय स्थिति गम्भीर मोडमा पुगेकाबारे सबैले चिन्ता व्यक्त गरिरहे पनि सुधार हुन नसकेको भन्दै त्यस्तो बताएका हुन् ।

आर्थिक अवस्था निरासलाग्दो हुँदै गइरहेको भन्दै राणाले यसबाट उद्योग, व्यापार क्षेत्रका साथै आम सर्वसाधारण पनि मारमा परिरहेको बताए ।

‘हामी सबैले भनिरहेका छौँ तर पनि वित्तीय सुधार आएको छैन’, उनले भने, ‘बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडे, तर बैङ्कको ब्याज १८ प्रतिशत भइसक्यो । अब नेपालमा कतिजना व्यापारी, कति जना उद्योगपति र सर्वसाधारणले आत्मदाह र आत्महत्या गर्नुपर्ने हो वित्तीय सुधार हुनुभन्दा पहिले ?’

उनले यो प्रश्नको जवाफ नेपाल सरकारले तुरुन्त दिनुपर्ने पनि बताए । आर्थिक क्षेत्रको कहालीलाग्दो स्थितिलाई नियन्त्रण गर्न नसके अवस्था भयावह हुने उनले उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *