बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बाजुरामा बुधबार दिउँसो ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार दिउँसो १ बजेर ४४ मिनेटमा जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ्ग,अछाम लगायतका पूर्वी जिल्लामासमेत भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

बाजुरामा गत माघ १० गते मंगलबार दिउँसो ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

माघ १० गतेको भूकम्पका कारण एकजनाको मृत्यु भएको थियो । दर्जनौँ घरहरुमा क्षति पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *