नयाँ राष्ट्रपति चयन गर्न ८८१ मतदाता, तीन सांसद परेनन्

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । नयाँ राष्ट्रपति चयनका लागि फागुन २५ गते निर्वाचन हुँदैछ ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेशसभा सदस्य मतदाता हुन्छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको नामावलीमा ८८१ जनाको नाम समावेश छ ।

मतदाताहरुमा संघीय संसदका ३३१ जना सदस्य र प्रदेशसभाका ५५० जना सदस्यको नामावली प्रकाशन गरिएको छ ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको नामावलीमा रवि लामिछाने, अरुणकुमार चौधरी र टेकबहादुर गुरुङको नाम भने समाावेश छैन ।

लामिछानेको सांसद पद सर्वोच्च अदालतको आदेशले खारेज भएको हो । सांसदद्वाय चौधरी र गुरुङ निलम्बनमा परेका छन् ।

प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी दिन आज बुधबार बिहान ११ देखि भोलि बिहीबार मध्याह्न १२ बजेसम्म समय दिइएको छ ।

उक्त नामावलीमा नाम छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिन सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उजुरी उपर छानविन र कारबाही भोलि बिहीबार मध्याह्न १२ देखि फागुन १२ गते दिउँसो ३ बजेसम्म हुने छ ।

सोही दिन १२ गते ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *