फागुन २० देखि इटहरीमा योग शिविरको कुम्भ मेला

सुनसरी । सुनसरीको इटहरीमा योग शिविरको कुम्भ मेला हुने भएको छ । ‘जीवन विज्ञान’ संस्थाको आयोजनामा फागुन २० गतेदेखि प्रदेश १ स्तरीय कुम्भ मेला हुन लागेको हो ।
जीवन विज्ञानका संस्थापक जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्मा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच यस सन्दर्भमा मंगलबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा जीवन विज्ञानका हालसम्मका गतिविधि र आगामी योजना तथा कार्यक्रमका विषयमा छलफल भएको गरिएको थियो ।
खुसी एवम् गहन शान्ति र आनन्दना प्रतिष्ठित गराउने जीवन विज्ञानका कार्यक्रमबाट लाखौं मानिसहरूको शारीरिक एवं मानसिक स्वास्थमा सुधार आएको शर्माले उल्लेख गरेका थिए ।
स्वदेशमा मात्र सीमित नभई आफ्नो कार्यक्रमबाट ५५ भन्दा बढी देशमा वसोवास गर्ने व्यक्तिहरू लाभान्वित भएको समेत उनले बताएका थिए ।
भेटवार्ताका क्रममा प्रधानमन्त्रीले जीवन विज्ञानमा प्रयोग हुने भौतिक संस्कृतिसहितको प्रयोगात्मक कार्यक्रमबाट समाज रुपान्तरणमा आएको प्रभावबाट आफू हर्षित भएको उल्लेख गरेका थिए ।
भेटमा जीवन विज्ञानका केन्द्रीय संयोजक होम नाथ आचार्य, विदेश विभाग प्रमुख प्रतीक शर्मा, केन्द्रीय सचिव किरण रुपाखेती, गौतम बुद्ध जीवन योगका संयोजक, एक नारायण शर्मालगायतको सहभागिता थियो ।