आईसीसी विश्वकप लिग टु: स्कटल्यान्डविरुद्ध भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध फिल्डङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज मंगलबार बिहान ९ बजे सुरु भएको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गरिरहेको हो ।

सुरुवाती ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ओपनर ब्याटरको रुपमा काइल कोएत्जर र जर्ज मुन्सीलाई क्रिजमा उतारेको छ । ५ ओभरको खेल सकिँदासम्म स्कटल्यान्डले बिना विकेटको क्षति २१ रन जोडेको छ ।

सिरिजमा नेपाल अपराजित छ भने स्कटल्यान्डको लिग टु सिरिजमा यो अन्तिम खेल हो। नेपाललगातार चौथो जित हात पार्दै घरेलु भूमिमा शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।

नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेपछि शीर्ष तीनमा रहने सम्भावना पनि बढेको छ । यदि आज हार टारे नेपाल लिग टु सिरिजमा घरेलु भूमिमा चारै खेल जित्ने पहिलो टोली बन्ने छ ।

यस्तै स्कटल्यान्डलाई लिग टु को पुरै सिरिजमा कुनै पनि टिमले लगातार दुई खेलमा हराउन सकेको छैन ।

नेपाल २७ खेलबाट २४ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ । लिग टुका बाँकी ९ मध्ये ६ मा जित हात पारे नेपालको ओडिआईले निरन्तरता पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *