अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताको प्रसारण लाइन बनाइने

काठमाडौं । अन्तरदेशीय विद्युत्‌ व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माणको काम अघि बढाइने भएको छ ।

नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालकाय सचिव दिनेशकुमार घिमिरे र भारतीय विद्युत्‌ मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा यसअघि सम्पन्न दुई देशबीचका सहसचिवस्तरीय संयुक्त कार्यदलले ऊर्जा गरेको सिफारिसमाथि छलफल भएको थियो ।

विद्युत्‌ उत्पादन, प्रसारण र व्यापारका लागि संयुक्त निर्देशक समितिको बैठक कोसेढुंगा भएको नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

बैठक भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार सम्पन्न भएको थियो ।

बैठकमा सहभागी कार्यकारी निर्देशक घिसिङले नेपालले भारतको प्रसारण ग्रिडको प्रयोग गरी बंगलादेश विद्युत्‌ निर्यातका लागि राखेको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लिँदै निर्यात गरिने जलविद्युत्‌ आयोजनाको नाम पठाएपछि आवश्यक सहमति दिने निर्णय भएको जनाएका छन् ।

घिसिङले नेपाल–भारत अन्तर सरकारी सम्झौताका आधारमा नेपालबाट दीर्घकालीन रुपमा विद्युत्‌ निर्यातका लागि प्रस्ताव गरिएकामा भारतीय पक्षले यसलाई सकारात्मक रुपमा लिँदै नेपालबाट प्रस्ताव प्राप्त गरेपछि जाँच गरी आवश्यक निर्णय लिइने जानकारी गराएको जनाए ।

बैठकले टनकपुरबाट नेपालले विद्युत्‌ आयात मात्र गर्दै आएकामा अब निर्यात पनि गर्न पाउने निर्णय गरेको छ ।

बैठकले टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनबाट अप्रिलबाट जुनसम्म ७० मेगावाट र जुलाइबाट मार्चसम्म ८० मेगावाट विद्युत्‌ दुवैतर्फ प्रवाह गर्न सहमति दिएको छ ।

दुई मुलुकबीचको विद्युत्‌ आयात निर्यातका लागि ४०० केभी क्षमताका पाँचवटा प्रसारण लाइन हुने जनाइएको छ ।

नेपाल र भारतबीच विद्युत्‌ आयातरनिर्यातका लागि इनरुवा पूर्णिया र नयाँ लम्की (दोदोधारा) र बरेली ४०० केभी प्रसारण लाइन क्रमशः सन् २०२७–२८ र २०२८–२९ सम्ममा सम्पन्न गर्ने गरी कार्यान्वयमा लैजाने निर्णय भएको छ ।

नेपालले उक्त प्रसारण लाइनहरू नयाँ बुटवल–गोरखपुर प्रसारण लाइनको लगानी मोडालिटमै बनाउने प्रस्ताव गरेको थियो । लगानी लगानी मोडालिटीलाई चाँडै टुग्याउने सहमति पनि भएको छ ।

यी दुई प्रसारण लाइन निर्माण भएपछि दुई मुलुकबीचको विद्युत्‌ आयात निर्यातका लागि ४०० केभी क्षमताका पाँचवटा प्रसारण लाइन हुन्छन् ।

नयाँ बुटवल–गोरखपुर लाइन कार्यान्वयन तथा प्रसारण लाइन मार्च २०२५ सम्ममा निर्माण सम्पन्न गर्ने निर्णय भएको छ ।

हाल सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर ४०० केभी पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट आयात निर्यात भइरहेको विद्युत्‌ क्षमतालाई ६०० मेगावाटबाट बढाएर ८०० मेगावाट पुर्याउने निर्णय समेत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *