विराट कोहलीद्वारा सबैभन्दा छिटो २५ हजार रन बनाएर कीर्तिमान

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाउने खेलाडी बनेर कीर्तिमान कायम गरेका छन् ।

भारतीय राजधानी दिल्लीको फिरोजशाह कोटला रङ्गशालमा अस्ट्रेलियासँगको दोस्रो टेस्टको तेस्रो दिन कोहलीले यो कीर्तिमान बनाएका हुन् ।

उनले ५४९ औँ अन्तर्राष्ट्रिय क्रिकेटमा २५ हजार रन पूरा गरेका हुन् । यसअघि तेन्दुलकरले पाँच सय ७७ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।

५८८ खेलमा २५ हजार रन बनाएका अस्ट्रेलियाका रिकी पोन्टिङ यो सूचीको तेस्रो नम्बरमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *