मानव इतिहासकै तातो वर्ष : २०२२

काठमाडौं । बितेको वर्ष सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्षका रुपमा पाइएको छ । यो वर्ष समुद्रको तापमानमा नयाँ रेकर्ड समेत कायम गरेको एक अध्ययनले देखाएको छ ।

सन् २०१७ देखि हरेक वर्ष समुद्री तापक्रम वृद्धिको रेकर्ड तोडिँदै आएको छ । अन्तर्राष्ट्रिय जर्नल ‘एडभान्सेज इन एटमोस्फेरिक साइन्स’ मा प्रकाशित चीन, अमेरिका र इटलीका १६ इन्स्टिच्युटका २४ जना वैज्ञानिकले गरेको अध्ययनले सामुद्रिक तापमानमा उच्च वृद्धि देखाएको हो ।

विश्वव्यापी तापको ९० प्रतिशतभन्दा बढी महासागरमा समाप्त हुने भएकाले जलवायु परिवर्तनको मापनका लागि महासागरीय तापक्रम वृद्धि एक प्रमुख सूचक मानिने जनाइएको छ ।

समुद्रभित्र गर्मी बढ्नु नै ग्लोबल वार्मिङ अर्थात् विश्वव्यापी तापक्रम वृद्धिको थप प्रमाण भएको वैज्ञानिकको भनाइ छ ।

अध्ययनका क्रममा समुद्रको पानीमा नुनिलोपन भएका क्षेत्रमा लवणतामा थप वृद्धि भएको पाइएको थियो ।

अध्ययन अनुसार महासागरमा हुने तापक्रम वृद्धिले समुद्रको सतह बढाउँछ र शक्तिशाली आँधी र तुफानको सम्भावना बढ्छ ।

तस्बिरः पिक्स्वे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *