स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको नेपाल घरेलु सिरिजको दोस्रो खेलमा शुक्रबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको आधारका रुपमा रहेको प्रतियोगितामा नेपाल पाँचौ पटक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।
तीन खेल अगावै विश्वकप लिग–२ को विजेता बनेको स्कटल्यान्ड नेपाल विरुद्ध आफ्नो बलियो छवि कायम राख्ने ध्याउनमा हुँदा एकदिवसीय वरियता कायम राख्ने महत्वपूर्ण सिरिजमा नेपाल पनि जितको खोजीमा हुनेछ।
नेपाल र स्कटल्यान्डबीच हालसम्म भएका चार खेलमध्ये तीन खेलमा स्कटल्यान्ड विजयी भएको छ। नेपाल एक खेलमा विजयी भएको छ।
पहिलो पटक १३ जुलाई २०२२ मा भएको स्पर्धमा नेपालले ५ विकेटको जित निकालेको थियो। स्कटल्यान्डसँगको पहिलो भेटमानै नेपालले स्कटल्यान्डलाई हराएर सनसनी मच्चाएको थियो। त्यसपछि १७ जुलाई २०२२ मा स्कटल्यान्ड ८ विकेटले विजयी भएको थियो।
त्यस्तै, ४ डिसेम्बर २०२२ मा ३ विकेटको जित निकालेको स्कटल्यान्डले पछिल्लो पटक ८ डिसेम्बर २०२२ मा ८ विकेटको जित निकालेको थियो।