सुनसरीका तीन जनामा देखियो दादुरा

विराटनगर । सुनसरीमा तीन जनामा दादुरा रोग देखिएको छ । बर्जु गाउँपालिका–२ का तीनलाई दादुरा रोग लागेको पुष्टि भएको छ ।

बर्जु–२ मा सात महिने बच्चामा दादुरा देखिएपछि नमुना संकलन गरिएको थियो । त्यसपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो ।

सुनसरी जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँका अनुसार शरीरमा बिमिरा देखिएको अनि ज्वरो समेत आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो ।

बर्जुमा दादुराको आशङ्कामा अन्यको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नं वडामा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमुना परीक्षणका साथै क्षेत्र, जिल्ला र पालिकाका स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले पछिल्लो महिनायता पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखापरे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *