तामाङ भाषामा प्रेम गीत : ‘कोन्ज्यो’

काठमाडौं । ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’ सार्वजनिक गरिएको छ ।
उक्त गीतमा राज दोङको शब्द र संगीत छ । सरोज लामाले एरेन्ज र मिक्सिङ गरेका छन् ।
प्रेममा रहेका युवा र युवतीले बीचको प्रसङगलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गरिएको छ ।
चित लामा निर्देशित र याङगेची लामाको सहनिर्देशन गीतको भिडियोमा सन्दिप पाख्रिन र गृष्मा तामाङको अभिनय देख्न सकिन्छ ।
चित लामा र सन्दिप पाख्रिनको छायांकन तथा ड्रोन, एफ साइनिक फिल्मसको सम्पादन छ । गीतको भिडियोलाई लाखे प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया