गैसस महासंघ मोरङमा पन्त

विराटनगर । गैरसरकारी महासंघ मोरङको अध्यक्षमा विष्णु शर्मा पन्त निर्विरोध निर्वाचित भएकी छन् । संस्थाको १८औँ वार्षिक साधारणसभाले कार्यबाहक अध्यक्ष रहेकी पन्तलाई अध्यक्ष निर्वाचिन गरेको हो ।

कार्यक्रम उद्घाटन अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले समाजमा जागरण ल्याउन गैरसरकारी संस्था (गैसस)हरुले महत्वपूर्ण भूमिका खेलेको बताए ।

राज्य नपुगेको क्षेत्रमा पनि गैसस पुगेर कार्य गरेको भन्दै उनले प्रशंसा गरे । ‘राज्य जहाँ पुगेको हुँदैन त्यस ठाउँमा गैससले काम गरेको छ’ मेयर कोइरालाले भने, ‘सरकारले गर्नुपर्ने धेरै कामहरु गैससले गरिरहेको छ, विराटनगरका पनि कतिपय क्षेत्रमा हामी पुग्न सक्दैनौं । ती क्षेत्रमा गैसस पुगेर काम गरेको छ ।’

जिल्ला समन्वय समिति मोरङकी उपाध्यक्ष उषा झाले गैससहरुले स्थानीय सरकारसित सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिइन् । समाजको रुपान्तरणका लागि गैससको भूमिका महत्वपूर्ण रहेको बताउँदै झाले स्थानीय सरकारले गैसससित सहकार्य गरेर काम गर्दा प्रभावकारी हुने विचार राखिन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश–१ का प्रमुख पवनकुमार भट्ट, पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, गैसस महासंघकी केन्द्रीय सदस्य सीता शर्मा, प्रदेश अध्यक्ष लखनलाल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा कोषाध्यक्ष सरिता दाहालले आर्थिक प्रतिवेदन र सहसचिव नवराज निरौलाले सांगाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभापछि गैससले दुई दिने तालिम सुरु गरेको आयोजक संस्थाकी सचिव सरिता खनाल अधिकारीले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *