भाजपाले पायो एकै वर्षमा ६ अर्ब भारुभन्दा धेरै चन्दा

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले एकै वर्ष ६ अर्ब भारतीय रुपैयाँभन्दा चन्दा प्राप्त गरेको छ । एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स (एडीआर) को रिपोर्टअनुसार भाजपाले सन् २०२१/२२ मा सबैभन्दा धेरै चन्दा प्राप्त गरेको हो ।

एडीआरका अनुसार सन् २०२१/२२ का लागि राष्ट्रिय राजनीतिक दलहरूले कूल ७ अर्ब ८० करोड भारु प्राप्त भएको घोषणा गरेका छन् ।

भाजपाले घोषणा गरेको चन्दा यस अवधिमा कांग्रेस, एनसीपी, भाकपा, माकपा, एनपीईपी, तृणमूल कांग्रेसद्वारा घोषित कुल चन्दाभन्दा तीन गुणाले धेरै रहेको बीबीसी हिन्दी सेवाले उल्लेख गरेको छ ।

एडीआर रिपोर्टका अनुसार भाजपाले ६ अर्ब १४ करोड भारु र कांग्रेसले ९५ करोड भारु चन्दा प्राप्त गरेको छ । यो रकमलाई दुवै पार्टीले स्वीकार गरेका छन् ।

भाजपाले ४ हजार ९ सय ५७ तथा कांग्रेसले १ हजार २ सय ५५ जना व्यक्ति र संस्थाको चन्दाबाट यो रकम प्राप्त गरेको बताएका छन् ।

अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय दलहरूले प्राप्त गरेको चन्दा ३१ प्रतिशतले बढेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *