प्रेम आचार्यको परिवारलाई ५० लाख

काठमाडौं । प्रतिनिधि सभा भवन अगाडि आत्मदाह गरेका इलामका व्यवसायी प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले ५० लाख १२ हजार एक सय ९४ रुपैयाँ हस्तान्तरण गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो ।
माघ १० गते आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा भोलिपल्ट मृत्यु भएको थियो ।
मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत् हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टङ्क श्रेष्ठले बताए ।
आचार्यको निधनभएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ ।
प्रतिक्रिया