बीमा रकम पाउन बसमा आफैँ आगजनी गर्ने पक्राउ

काठमाडौं । बीमा रकम दाबी गर्नका लागि आफ्नै बस जलाउने बर्दियाका एकजना पक्राउ परेका छन् ।

बर्दियाको मधुवन नगरपालिकाको पक्की सडकमा लु२ख २०८४ नम्बरको बस आज सोमवार बिहान आगो लागिरहेको अवस्थामा रहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी पुगेर अनुसन्धान गर्दा गाडी चालक रामु चौधरीले नै बसमा आगो लगाएको खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

प्रहरी नियन्त्रणमा रहेका चौधरीले बस बिग्रिएकोले मर्मतका लागि ग्यारेजमा लिएर जाँदा धेरै खर्च लाग्ने भएपछि जलाएको बयान दिएका प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *