भूकम्प प्रभावित टर्कीलाई नेपालले पठायो राहत

काठमाडौं । भूकम्पबाट प्रभावित टर्कीमा लागि नेपालले राहत सामग्री पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार औषधि, मेडिकल उपकरण, न्यानो कपडालगायत गरी २२ टनभन्दा धेरै राहत सामग्री पठाइएको हो ।

माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्था तथा ढुवानीका लगि टर्किएस एअरलाइन्सलाई धन्यवाद दिएको छ ।

गत सोमवार बिहान र दिउँसो गएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा २९ हजार छ सय ९५ जना र सिरियामा तीन हजार पाँच सयजना गरी ३३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

त्यहाँका भूकम्प प्रभावितका लागि संयुक्त राष्ट्रसंघलगायत अन्य विभिन्न मुलुकहरुले सहायता सामग्री पठाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *