सरकार ढाल्ने षडयन्त्र भइरहेको छ : ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षडयन्त्र भइरहेको बताएका छन् । देशमा काम नगर्ने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको भन्दै उनले सरकार ढाल्ने षडयन्त्र भइरहेको बताए ।

गृहनगर दमकमा आएका ओलीले अनेक प्रकारका षडयन्त्र भइरहेको भन्दै षडयन्त्रलाई चिर्दै अघि बढ्ने शक्ति सरकारमा रहेको दाबी गरे ।

वर्तमान सरकारले जनभावानाअनुसार काम गरेर देशका समस्या समाधान गर्ने उनको दाबी छ ।

झापाको आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी समस्या, तटबन्धनलगायतका समस्याहरु सामधान गर्ने पहल भइरहेको ओलीले बताए ।

कृषिको आधुनिकरण गर्दै रोजगार बढाउनेबारे पनि काम भइरहेको उनले उल्लेख गरे ।

दमकमा भइरहेको एक धार्मिक अनुष्ठानमा सहभागी भएका ओलीले झापाको गौरादह –४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटन गरे ।

आफ्नै निर्वाचन क्षेत्रको कटकपुर–खयरबारी चाँदु खोलाको पुल उदघाटनमा पनि उनी सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *