पूर्वी नेपालमा बिहानै ४.८ म्याग्निच्युडको भूकम्प

काठमाडौं । पूर्वी नेपालमा आज सोमबार बिहान भूकम्प गएको छ । ताप्लेजुङको ओलाङचुङगोला नजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान ४ः३० बजे भूकम्प गएको जनाएको छ ।
ताप्लेजुङमा यसअघि माघ १८ गते ४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रबिन्दु सभापोखरी नजिक थियो ।
त्यसअघि माघ १० गते बाजुरामा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घरमा क्षति पुगेको थियो ।
ताप्लेजुङ भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।
-गुगल नक्सा
प्रतिक्रिया