रियाल मड्रिड बन्यो क्लब विश्वकप च्याम्पियन

काठमाडौं । स्पेनिस च्याम्पियन रियाल मड्रिडले एक सयौँ उपाधि उचालेको छ। रियालले साउदी अरेबियन क्लब अल हिलाललाई ५-३ गोलले हराउँदै क्लब विश्वकपको पाचौँ पटक च्याम्पियन बन्दै कीर्तिमान कायम गरेको हो ।

मोरोक्कोको राबातमा भएको खेलमा रियालका लागि भिनिसियस जुनियर र फेडेरिको भाल्भार्डेले २–२ गोल गरे । १३ औँ मिनेटमा भिनिसियसले गोल गर्दै टिमको खाता खोलेका थिए ।

त्यसको पाँच मिनेटमा रियालले भालभार्डेको गोलमार्फत अग्रता दोब्बर बनायो । २६ औँ मिनेटमा मौसा मारेगाले एक गोल फर्काए ।

५४औँ मिनेटमा करिम बेन्जेमाले गोल गरे। त्यसको तीन मिनेटपछि रियालका लागि भालभार्डेले व्यक्तिगत दोस्रो गोल गरे । ६३ औँ मिनेटमा लुसियानो भिएटोले गोल गरेर अन्तर घटाएका थिए ।

६९ औँ मिनेटमा जुनियरले गोल गरेर टिमलाई ५–२ गोलले अघि राखे । भियटोले अर्को गोल गरेपनि एसियाली च्याम्पियन अल हिलाललाई खेलमा फर्कन पर्याप्त भएन ।

कार्लो एन्सेलोटीको टोली सन् २०१४ देखि २०१८ सम्म चार पटक च्याम्पियन भएको थियो ।

पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै जितेका छन् । उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्वकप जित्ने पहिलो एसियाली टिम बन्न चुकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *