मेस्सी, एम्बाप्पे र बेन्जिमा उत्कृष्ट वर्ष खेलाडीको अन्तिम मनोनयनमा

काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयमा परेका छन् ।

फिफाले शुक्रबार राति मेस्सीसहित उत्कृष्ट तीनमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो ।

विश्वकप विजेता मेस्सीले पीएसजी टिम मेट फ्रान्सका किलियन एम्बाप्पेसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै स्पेनिस क्लब रियाल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जिमा पनि अन्तिम मनोनयनमा पर्न सफल भए ।

मेस्सी अवार्डका मुख्य दाबेदार हुन् । मेस्सीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सात गोल गरेका कप्तान मेस्सी विश्वकपको उत्कृष्ट खेलाडी घोषित भए । उनको टिमले फाइनलमा एम्बाप्पेको फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो ।

फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले गोल्डेन बुट जितेका थिए । सन् २०२२ को बलुन डिुओर विजेता बेन्जिमा पहिलो पटक उत्कृष्ट तीनमा परेका हुन्।

महिलातर्फ स्पेनकी एलिक्सिया प्युटेला, इङल्यान्डकी बेथ मिड र अमेरिकाकी एलेक्स मोर्गन प्रतिस्पर्धामा छन् ।

फिफाका सदस्य राष्ट्र, प्रशिक्षक, पत्रकार मतका आधारमा विजेता छनौट गरिनेछ ।

सन् २०२१ अगस्ट ७ देखि २०२२ जुलाई २७ सम्मका खेलमा गरेको प्रदर्शनलाइ आधार मानिन्छ । २७ फेब्रुअरीमा पेरिसमा विजेताको घोषणा हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *