टर्की भूकम्प प्रभावितका लागि मेसीको सहयोग

काठमाडौं । फुटबलमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेसीले भूकम्पबाट प्रभावित टर्की र सिरियाका नागरिकलाई सहयोग स्वरुप ३.५ मिलियन युरो (करिब ३५ लाख) युरो सहयोग गर्ने भएका छन् ।
‘टर्की मिडिया रिपोर्टड का अनुसार मेसीले आफ्नो फाउन्डेसनमार्फत भूकम्प प्रभावित क्षेत्रमा राहत पठाउन लागेका हुन् ।
टर्कीमा सोमबार गएको भूकम्पमा परी २० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
लियोनेल मेसीको फाउन्डेसनले बालबालिकाको शिक्षा तथा स्वास्थ्यका बारेमा विश्वभर अभियान सञ्चालन गर्दैआएको छ।
मेसीका दाजु माटियसले युनिसेफसँगको सहकार्यमा यो फाउन्डेसनलाई अघि बढाइरहेका छन् ।
प्रतिक्रिया