विदेशका नेपालीको समस्या बुझ्न दूतावासमा विशेष व्यवस्था

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको समस्या सुनुवाई गर्दै समाधानको पहल गर्न विभिन्न देशमा रहेका नेपाली दूतावासमा विशेष व्यवस्था गरिने भएको छ ।

सरकारले दूतावासहरुमा बेग्लै ‘फोकल पोइन्ट’ व्यवस्था गर्ने भएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई परेका समस्या बुझेर समाधान गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको जनाइएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार श्रम कूटनीतिक प्रक्रियालाई सरल तथा छोटो र छिटो सेवा प्रवाहका लागि दूतावासहरूमा छुट्टै फोकल पोइन्ट तोक्ने निर्णय भएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले समस्या परेका बेला दूतावासमा सम्पर्क गर्दा फोन नउठ्ने, समस्या नसुन्दिने जस्ता गुनासो आउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *