बंगलादेश बन्यो च्याम्पियन, नेपाल उपविजेता

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग ३-० गोलले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थपेको थियो ।

बङ्गलादेशका शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १-१ गोल गरे ।

लिग चरणको अन्तिम खेलमा भारतलाई हराउँदै फाइनल पुगेको नेपाल उपविजेता बन्न पुग्यो । बङ्गलादेश अपराजित रहँदै विजेता बन्यो ।

नेपाल लिग चरणको खेलमा पनि बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल र बङ्गलादेशसहित भारत र भुटानको सहभागिता थियो ।

सिङ्गल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा बङ्गलादेश र नेपाल शीर्ष दुई टोलीको रूपमा फाइनलमा पुगेका हुन् ।

यसअघि १८ र १९ वर्षमुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनसिप यसपटक २० वर्षमुनिको फर्म्याटमा भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *