इंग्ल्यान्डको फुटबल टिममा नेपाली मूलकी अस्मिता

काठमाडौं । नेपाली मूलकी अस्मिता आले मगर इंग्ल्यान्डको २३ वर्षमुनिको महिला फुटबल टिममा परेकी छिन् । बेल्जियमविरुद्ध हुने खेलका लागि डिफेन्डर अस्मिता इंग्ल्यान्डको टोलीमा छानिएकी हुन् ।

इंग्ल्यान्डले फेब्रुअरी २० मा बेल्जियमविरुद्ध घरेलु मैदानमा खेल खेल्दैछ । २० वर्षीया अस्मिताले यसअघि इंग्ल्यान्डको १९ वर्षमुनिका खेलाडीको टोलीबाट खेलिसकेकी छन् ।

उनी प्रिमियर लिग क्लब टोटेनहमबाट व्यावसायिक फुटबल खेल्ने गर्छिन् । अस्मितालाई टोटेनहमले एस्टन भिल्लाबाट अनुबन्ध गरेको थियो ।

इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिताका बुवा अमृत आले मगर पूर्व गोरखा सैनिक हुन् । तनहुँ दमौलीका अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *