उपाधिका लागि नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा आज

काठमाडौं । बङ्लादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज बिहीबार नेपालले बङ्लादेशसँग खेल्दैछ ।
दुई देशबीचको खेल ढाकामा बेलुका पौने ६ बजे हुनेछ । घरेलु टोली बङ्लादेशलाई पराजित गर्दै उपाधि जित्ने प्रयासमा नेपाली टिम मैदान उत्रने छ ।
नेपालका मुख्य प्रशिक्षक यम गुरुङले कडा प्रतिस्पर्धा गर्ने बताएका छन् । बङ्लादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले पनि फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्रतियोगितामा नेपाल र आयोजक बङ्लादेशसहित भारत र भुटानको सहभागिता थियो । भारत र भुटान प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
प्रतिक्रिया