ओलाङचुङगोलामा बल्ल भयो हिमपात

विराटनगर । प्रदेश १ को हिमाली जिल्ला ताप्लेजुङको ओलाङचुङगोला र आसपास क्षेत्रमा हिमपात भएको छ । यसपालि यो वर्षकै पहिलो हिमपात भएको हो ।
सामान्यतया मंसिर महिनादेखि हिमपात हुने गरेकामा यसपटक माघ अन्तिम साता आइपुग्दा मात्र हिमपात भएको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षाबल ओलाङचुङगोलाका प्रहरी निरीक्षक अनिल खड्काका अनुसार ओलाङचुङगोलामा मंगलबार सामान्य हिउँ परेको थियो ।
गतर्ष यतिबेलासम्म चार, पाँचपटक हिमपात भएको थियो । यसपालि भने निकै ढिला गरी हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।
३१ सय मिटर उचाइको यो अधिक हिउँ पर्ने बस्तीमा पर्छ ।
चीनको तिब्बतसँग उत्तरी सीमा जोडिएको ओलाङचुङगोला फक्ताङलुङ गाउँपालिका–७ मा पर्छ ।
यसको पूर्वमा ताप्लेजुङकै लेलेप गाउँ पर्छ भने पश्चिमतर्फ संखुवासभा जिल्ला र दक्षिणमा मिक्वाखोला गाउँपालिका पर्छ ।
प्रतिक्रिया