साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्ने

काठमाडौं । २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशसँग खेल्ने भएको छ ।
बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेसँगै नेपालले फाइनलमा उसको सामना गर्ने तय भएको हो ।
नेपालले बंगालदेशसँग भोलि बिहीबार उपाधिका लागि खेल्नेछ ।
मंगलबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हराएर फाइनलमा पुगेको हो । नेपालको जितमा अन्जली चन्द, प्रीति राई र अमिषा कार्कीले एक–एक गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बंगलादेश शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ । भुटान अंकविहीन रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।
भारत पनि प्रतिया्ेगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया