भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल बंगलादेशमा भइरहेको साफ यू-२० वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भएको छ ।
ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कलम स्टेडियममा मंगलबार भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै भारतलाई ३-१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
खेलमा नेपालका लागि अञ्चली चन्दले ४८, प्रीति राईले ६९ र अमिसा कार्कीले ८९ एक–एक गोल गरे ।
भारतकी अपूर्ण नर्जारीले एक गोल गरेकी थिइन् । यो जितपछि नेपालको तीन खेलबाट छ अंक भएको छ । भारत तीन खेलबाट चारै अंकमा सीमित बन्यो ।
पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो । भारतले भुटानलाई हराएको थियो भने बंगलादेशसँग बराबरीमा रोकिएको थियो ।
प्रतिक्रिया