शुक्रबारदेखि तीन दिवसीय ‘एभरेस्ट कार्निभल’

विराटनगर । एभरेस्ट एजुकेसन फाउन्डेसनले तीन दिवसीय ‘एभरेस्ट कार्निभल’ आयोजना गर्ने भएको छ ।

एभरेस्ट कलेज परिसरमा माघ २७ देखि २९ गतेसम्म कार्यक्रम आयोजना हुने भएको हो । फाउन्डेसनले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो ।

एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल टीकाराम पुरीका अनुसार यसै अवसरमा ‘अभिभावक दिवस’ पनि मनाउने तयारी छ ।

दिवसका अवसरमा विद्यार्थीहरुले संगीत, नृत्यजस्ता कार्यक्रम प्रस्तुति दिने भएका छन् ।

कार्निभलका अवसरमा एकैपटक सय जनाले अवलोकन गर्न मिल्ने ‘प्लानेटेरियम’ राखिने पुरीले बताए ।

विद्यार्थीले तयार पारेकाविज्ञान, गणित तथा व्यवस्थापन विषयसँग सम्बन्धित चार दर्जनभन्दा बढी परियोजनाहरू प्रदर्शनीमा राखिनेछ ।

कार्निभलमा कलेज परिसरमा १८ वटा स्टलहरू राखिने जनाइएको छ । स्टलहरूमा अन्वेषणात्मक परियोजनाहरूको प्रदर्शनी, कला प्रदर्शनी, मिनी म्युजियम, पुस्तक प्रदर्शनी, विद्यार्थीद्वारा सञ्चालित खानाका स्टलहरू, फेस पेन्टिङ स्टल, एभरेस्ट एचिभमेन्ट ग्यालरीका साथै नोबेल अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना हुने भएको छ ।

कार्निभल हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको अन्तिम दिन माघ २९ गते ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । गायक कालीप्रसाद बाँस्कोटा, गायिका अस्मिता अधिकारी र अन्जु गौतमको साङ्गीतिक प्रस्तुति हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *