टर्की भूकम्पमा परी ज्यान गुमाउने ३८ सयभन्दा बढी

काठमाडौं । टर्कीमा गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मंगलबारसम्म ३ हजार ८ सयभन्दा बढीको ज्यान गएको पुष्टि भएको छ ।
भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ३८ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टर्कीमा मात्रै २ हजार ३७९ जनाको मृत्यु भएको छ । १४ हजार ४८३ जनाभन्दा बढी घाइते भएका छन् ।
भूकम्पका कारण छिमेकी मुलुक सिरियामा मृत्यु हुनेको संख्या १४ हजार ४४ पुगेको छ ।
टर्की र सिरियामा गरी हालसम्म ३ हजार ८२३ जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ११ मिनेटको अन्तरालमा आएको दुई शक्तिशाली भूकम्पले दक्षिणी टर्कीका १० वटा प्रान्त प्रभावित भएका छन् ।
भूकम्प प्रभावित दक्षिणी टर्की र उत्तरी सिरियाको धेरैजसो क्षेत्रमा उद्धार कार्य जारी रहेको बीबीसीले जनाएको छ ।
भूकम्पले ठूलो जनधनको क्षति भएपछि टर्कीले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
–गुगल नक्सा