काठमाडौं उपत्यकामा बर्ड फ्लु देखिएपछि सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्ड फ्लु पाइएको छ । नागार्जुन नगरपालिका वडा नम्बर ६ र तार्केश्वर नगरपालिका वडा नम्बर ७ तथा ललितपुरको खुमलटारमा बर्ड फ्लु देखिएको हो ।

पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार फर्मका कुखुरा मर्न थालेपछि नमुना परीक्षण गरिएको थियो । त्यस क्रममा बर्ड फ्लु पुष्टि भएको उनले बताए ।

विभागले बर्ड फ्लु पुष्टि भएको भन्दै कुखुरा र अरु पंक्षीका मासुका साथै तीसँग सम्बन्धित सामग्री प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ ।

कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म र रामकोट र तारकेश्वरका निजी फार्ममा कुखुरा र टर्की मरेका थिए ।

खुमलटारमा २ सय १७ वटा कुखुरा, २ हजार ५ सय ३० वटा अन्डा र २ सय ५० किलो दाना नष्ट गरिएको छ ।

तारकेश्वरमा ९ सय ४० वटा कुखुरा र एक सय किलो दाना तथा रामकोटमा चार हजार ५ सय ९१ वटा कुखुरा र २ हजार २ सय ५५ वटा अन्डा नष्ट गरिएको जनाइएको छ ।

प्रतीकात्मक तस्बिरः पिक्स्वे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *