राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति प्राप्त भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

मुख्य प्रशिक्षकका लागि भारतीय मोन्टी देसाई, नेपालकै पूर्वप्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलङ्काकाका धम्मिका प्रसाद, बङ्गलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकाका रसेल क्रेग डोमिङ्गो र न्युजिल्यान्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलले आवेदन दिएका थिए ।

नेपालले आउँदो फागुन २ गतेदेखि घरेलु मैदानमा विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग एकदिवसीय क्रिकेट शृङ्खला खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *