नेपालद्वारा भुटान पराजित, मंगलबार भारतसँग खेल्ने

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित हासिल गरेको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको हो ।

नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् । कप्तान प्रीति राईले एक गोल थपेकी थिइन् ।

खेलको १९ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन् ।

६१ औं मिनेटमा कप्तान प्रितीले गोल गर्दा नेपाल ३–० ले अघि रह्यो । खेलको ६२ औं मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४–० ले विजयी भयो ।

भुटानको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले मंगलबार भारतसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *