भीरबाट गाडी खस्दाखस्दै हामफालेर जोगिए चालकसहित दुईजना

काठमाडौं । भीरबाट गाडी खस्दाखस्दै हामफालेर दुईजनाले ज्यान बचाएका छन् । कैलालीको चुरे गाउँपालिका–५ स्थित भासु भीरबाट सु.प.प्र ०१००१ ज १३६१ नम्बरको ‘फोर्स जिप’ भीरबाट खसेको थियो ।
त्यसक्रममा दुईजनाले हामफालेर ज्यान जोगाएका हुन् । उक्त गाडी मर्मतका लागि अत्तरियातिर लगिंदै गरेको अवस्थामा दुर्घटनामा परेको थियो ।
शनिबार रातिको उक्त घटनामा चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय ईश्वर पन्त र डडेल्धुराको परशुराम नगरपालिकाका–५ का ४१ वर्षीय लालबहादुर खड्का गाडी खस्दाखस्दै हामफालेर जोगिएका हुन् ।
प्रहरीका अनुसार उनीहरु सामान्य घाइते भएका छन् । गाडीमा उनीहरुबाहेक अरु कोही सवार थिएनन् ।
सांकेतिक तस्बिरः पिक्स्वे
प्रतिक्रिया