स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने सरकारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझै फराकिलो बनाएर जनतामाझ लैजाने बताएका छन् ।

भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसरमा बोल्दै मन्त्री गिरीले बीमा कार्यक्रम विस्तार गर्ने बताएका हुन् ।

स्वास्थ्य बीमामार्फत नागरिकले हाल १ लाख रूपैयाँसम्मको उपचार खर्च पाइरहेका छन् । अझ व्यापक रूपमा जनतामाझ यस कार्यक्रमलाई पुर्याउने विषयमा छलफल चलिरहेको भन्दै मन्त्री गिरीले क्यान्सरलगायत जटिल रोगका बिरामीका लागि पनि उपचार खर्च पुग्नेगरी बिमाको दायरा बढाउने तयारी भइरहेको जनाए ।

रेडियोथेरापी सेवा धेरैलाई दिनसक्ने स्थितिमा अस्पताल पुगेको भन्दै मन्त्री गिरीले अझै दुईवटा उपकरण थप्न सके बिरामीहरुलाई सेवा दिन सहज हुने उनले बताए ।

उपकरणको अभावमा बिरामीले उपचारका लागि दुई तीन महिनासम्म कुर्नुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयबाट नीतिगत रुपमा भूमिका खेल्ने उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *