श्रीमतीको हत्या गरी खाडलमा गाड्ने युवक पक्राउ

झापा । श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर घर भई झापाको अर्जुनधारा–८ मा बस्दै आएका ३३ वर्षीय मनोज बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले श्रीमती ४५ वर्षीया कल्पना पोखरेलको हत्या गरी घरदेखि दुई सय मिटरपर चौरमा खाडल खनेर शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरका अनुसार बस्नेतले गत बुधबार राति साढे १० बजेतिर श्रीमतीको हत्या गरेर शव गाडेको अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि बस्नेतले श्रीमती हराएको भन्दै छरछिमेकमा हल्ला गरेका थिए । खोजी गर्ने क्रममा शंका लागेर बस्नेतलाई सोधपुछ गर्दा श्रीमतीलाई हत्या गरेर गाडेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *