साफ महिला च्याम्पियनसिपमा नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र भुटानबीचको खेल ढाकास्थित मुस्ताफा कमल रंगशालामा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
भुटानविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
अघिल्लो खेलमा इण्डियासँग १२–० गोल अन्तरले पराजित भुटान पनि आज पहिलो जितको खोजीमा छ ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।
प्रतिक्रिया