चीनमा कोरोना संक्रमणबाट एक सातामा ३ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । चीनमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो एक सातामा ३ हजारभन्दा बढीको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ ।
रोग नियन्त्रण र रोकथाम केन्द्र सीडीसीका अनुसार गत महिनाको जनवरी २७ देखि फेबु्रअरी २ सम्म ३ हजार २ सय ७८ जनाको मृत्यु भएको हो ।
तीमध्ये १ सय ३१ जनाको संक्रमणपश्चात श्वासप्रश्वासमा आएको समस्याका कारण मृत्यु भएको जनाइएको छ ।
यस्तै ३ हजार १ सय ४७ संक्रमणसँगै अन्य रोगहरुको कारणले मृत्यु भएको चिनियाँ सञ्चार माधयमले उल्लेख गरेका छन् ।
चीनमा गत डिसेम्बरयता कोरोनाका कारण ८२ हजार २ सय ३८ जना को मृत्यु भएको सीडीसीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
गत डिसेम्बर ७ मा चीनले सून्य कोभिड नीतिलाई हटाएसँगै संक्रमण र मृत्यु दर नितरन्तर बढ्दै गएको हो । यद्यपी गत जनवरी ४ मा उच्च विन्दुमा पुगेको कोरोना मृत्यु दर भने पछिल्ला दिनमा दैनिक ७९ प्रतिशतले घटेको दाबी गरिएको छ ।
प्रतीकात्मक तस्बिरः पिक्स्वे