स्वस्थानी व्रतकथा विधि आज समापन गरिँदै

काठमाडौं । एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा आज आइतबार समापन हुँदैछ ।

पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन माघ शुक्ल पूर्णिमाका दिनबाट विधिवतरुपमा समापन हुन्छ ।

आज मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिकालमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधि समापन हुन्छ ।

काठमाडौंको साँखुस्थित साली नदीमा एक महिनादेखि जारी स्वस्थानी मेला पनि आजै समापन हुन्छ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा छ ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ महात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *