नेपाली युवाले बनाए साङ्केतिक भाषालाई शब्दमा रूपान्तरण गर्ने उपकरण

काठमाडौँ । बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण निर्माण गरेका छन् ।

बोल्न नसक्ने व्यक्ति र अन्य व्यक्तिहरूबीच देखिने सञ्चार बाधालाई कम गर्ने उद्देश्यले यस्तो उपकरण ल्याएको निर्माण टोलीले जनाइएको छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा अध्ययनरत दिनानाथ पाध्य, सुदीप ठाकुर, सजेन महर्जन र जेनिसा पन्तको चार सदस्यीय टोलीले यस्तो उपकरण बनाएको हो ।

“यो उपकरण निर्माण गर्नुको मुख्य उद्देश्य बोल्न नसक्ने मान्छे र अन्य मान्छेबीच सञ्चारमा हुने बाधालाई कम गर्नु हो । यसले साङ्केतिक भाषालाई शब्द र आवाज दुवैमा रूपान्तरण गर्ने भएकाले दृष्टिविहीनलाई समेत उपयोगी हुने देखिएको छ,” पाध्यले भने ।

उपकरणले साङ्केतिक भाषालाई शब्द र आवाजमा रूपान्तरण गर्ने भएकाले बोल्न नसक्ने, दृष्टिविहीन र अन्य व्यक्तिबीचको सञ्चारलाई सहज बनाउने उनले दाबी गरे ।

यो उपकरण हातमा पन्जा लगाएजसरी लगाउनुपर्ने बताउँदै उनले भने, “यो लगाएर साङ्केतिक भाषामा कुराकानी गर्दा सबैले बुझिने गरी आवाज र शब्दमा रूपान्तरण हुन्छ। यस उपकरणमा साङ्केतिक भाषा ‘ट्रान्सलेसन सफ्टवेयर’ रहेको छ, जसको मद्दतले यस्तो कुरा सम्भव भएको हो ।”

उनका अनुसार यो उपकरण हाल नमुना अवस्थामा रहेको र नेपालकै मानक साङ्केतिक भाषा प्रयोग गरिएको छ ।

“हामीले अहिले १०/१५ वटा शब्द राखेका छौँ । पछि पूर्ण रूपको उपकरण बनाउँदा हामीले कुनै मानक साङ्केतिक भाषालाई लिएर धेरैभन्दा धेरै शब्द राखेर उपकरणलाई प्रशिक्षण दिन्छौँ ।

यो उपकरण तीन(चार चरणभन्दा बढी पटकको परीक्षणमा पास भइसकेको छ । आगामी दिनमा यो उपकरण बोल्न नसक्ने व्यक्तिका लागि उपयोगी बन्ने कुरामा हामी विश्वस्त छौँ,” उनले भने ।

यस्तो उपकरण अन्य देशमा पनि उपयोगमा रहेको तर निकै महँगो रहेको उनले बताए । यस्ता उपकरणको मूल्य विश्व बजारमा ५०/६० हजार रुपियाँभन्दा बढी पर्ने गरेको तर आफूहरूले तीनरसाढे तीन हजार रुपियाँमा तयार पारेको उनको भनाइ उद्धृत गर्दै ‘गोरखापत्र’ ले समाचार प्रकाशित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *