‘मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन’

काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फेरि समावेश गरिएकामा विरोध भएको छ । यसअघि बलात्कारको आरोप लागेपछि सन्दीपलाई क्यानले निलम्बन गरेको थियो ।

उनलाई राष्ट्रिय टोलीमा फर्काइएकामा काठमाडौंस्थित माइतघर मण्डलामा शनिवार नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध प्रदर्शन गरिएको हो ।

‘लिग डिभिजन टु’ अन्तर्गत नेपालमा हुने नामेबिया र स्कटल्याण्डसँगको खेलका लागि लामिछानेसहित २० जनालाई प्रशिक्षणमा बोलाएको थियो ।

गत मंगलवार पोखरामा बसेको क्यानको बोर्ड बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्दै प्रशिक्षणमा बोलाएको थियो ।

अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उनलाई क्रिकेट खेल्न रोक भने लगाइएको छैन ।

प्रदर्शनमा अभियुक्त रमाउँदै, पीडित डराउँदै, मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन, उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मूर्दावाद जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

यसैगरी खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ? क्यानका लठुवाहरुको बेइमानी, अभियुक्तहरुको जमानी जस्ता नारा पनि प्रदर्शनकारीले बोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *