युएईमा रहेका नेपालीले जिते ८२ करोडको चिठ्ठा

काठमाडौं । यूएईमा एकजना नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका ‘खालिज टाइम्स’ का अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रञ्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् ।

प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठाको नजितामा उनले जितेको घोषणा गरिएको थियो । पालले गत जनवरी १६ मा उक्त चिट्ठा किनेका थिए । उनको चिट्ठा नम्बर २३२९३६ मार्फत् रकम जित्न सफल भएका हुन् । उनी सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत थिए ।

पालले जितेको सम्पूर्ण रकम नेपालमा परिवारलाई पठाउने बताएको खालिज टाइम्स ले उल्लेख गरेको छ ।

ड्रको क्रममा अरु नगद र ‘ड्रिम कार’ पुरस्कार भारतीय नागरिकले जितेका छन् । दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १० लाख, शिबु म्याथ्यूले एक लाख तथा अजित रामचन्द्रकैमलले ५० हजार दिराम जितेका छन् ।

यस्तै, सुमन मुथैया नाडर रागावनले रेन्ज रोभर कार जितेको समाचारमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *