अर्काको बैंक खाताबाट रकम निकाल्ने ८ जना पक्राउ

काडमाडौं । अर्काको बैंक अकाउन्ट ह्याक गरी रकम निकालेको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालको एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ्क खाता ह्याक गरी चार लाख रुपैयाँ निकालेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
आफ्नो बैंक खाताबाट रकम चोरी भएको भन्दै ढकालले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी गरेका थिए ।
त्यही उजुरीको आधारमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेष कुमारलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई खोजीका क्रममा काठमाडौं र मकवानपुरबाट ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहका अनुसार उनीहरुको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटीएम कार्ड बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई बैंकिङ्क कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्बिरः पिक्स्वे ।