बालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैद

काठमाडौं । बालिका बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले ७३ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका १० का वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो ।

मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाइएको छैन । जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार ती वृद्धमाथि तीनवटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुईवटा मुद्दामा कसुर ठहर भएको छ । सजाय निर्धारण भने बाँकी रहेको उनले बताए ।

२०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया गरी तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो ।

कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपित वृद्ध २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा थिए ।

-प्रतीकात्मक तस्बिरः पिक्स्वे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *