अनुसन्धानमूलक अध्ययनबाट फाइदा लिन आग्रह

विराटनगर । अनुसन्धानमूलक अध्ययनबाट स्वास्थ्यलगायत विभिन्न क्षेत्रका महत्वपूर्ण काम गर्न सकिने विराटनगरमा आयोजित कार्यशालाका सहभागीले बताएका छन् ।

नेपाल पव्लिक ऐल्थ एशोसिएसन प्रदेश १ को आयोजनामा रिसर्च फर लाइफको आयोजनामा भइरहेको तीन दिने कार्यशाला गोष्ठीका सहभागीले यस्तो बताएका हुन् ।

संस्थाका अध्यक्ष सागर प्रसाईको अध्यक्षतामा कोशी हेल्थ इन्स्टिच्यूट विराटनगरमा सञ्चालन भइरहेको कार्यशालामा नेपाल हेल्थ रिसर्च काउन्सिलमा कार्यरत रिसर्च फर लाइफका पैरबीकर्ता एवं मुख्य प्रशिक्षक चन्द्रभूषण यादवको नेतृत्वमा सञ्चालन भइरहेको छ ।

अनुसन्धानमा रुचि राख्ने विद्यार्थी एवं शिक्षकहरुलाई रिसर्च फर लाइफको अनुसन्धानमूलक सामग्री आम नागरिकसम्म पुर्याउन कार्यशाला आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रममा जनस्वास्थ्यविज्ञ एवं एसोसिएसनका सचिव सूर्यनारायण चौधरीले अनुसन्धान गर्ने काम सहज नभएको तर निकै आवश्यक रहेकाले यसप्रति रुचि राख्ने जो कोहीले पनि रिसर्च फर लाइफबारे जानकारी लिनुपर्ने बताए ।

रिसर्च फर लाइफले पैसा तिरेर डाउनलोड गर्नुपर्ने लेखहरुलाई पनि सहजै निःशुल्क रुपमा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।

कार्यशालामा कोसी हेल्थ एण्ड साइन्स क्याम्पस, इडेनबर्क, विराट हेल्थ कलेजका विद्यार्थीहरु सहभागी छन् । यसैगरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रदेश १ हात्तिसार क्याम्पस धरान तथा कोसी हेल्थ कलेजका प्रशिक्षक समेत सहभागी छन् ।

स्वास्थ्य आपूर्ति व्यवस्थापनका प्रमुख शम्भु शाहले अनुसन्धानबारे उपयोगी तालिम भएको बताए । फार्मासिष्ट एवं एसिस्टेण्ड प्रो. बीएन चौधरीले कार्यशाला सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न सहभागीलाई अनुरोध गरे ।

प्रसुति रोग विशेषज्ञ तथा जनस्वास्थ्य संघ प्रदेश १ का सल्लाहकार डा. बालकृष्ण शाहले रिसर्च फर लाइफको तालिमले गर्दा आफू उत्साहित रहेको र अनुसन्धानप्रति रुचि जगाएको बताए ।

मुख्य प्रशिक्षक यादवले विकासोन्मुख राष्ट्रहरुको लागि सुनौलो मौका भएकाले सके जति फाइदा लिनका लागि अपिल गरे । कार्यशालामा पूर्वाञ्चल विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. बिनिता पौडेलको पनि सहभागिता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *